चितवन । तनहुँको व्यास नगरपालिका–९ बिर्तास्थित सामुदायिक वनमा थापिएको काठको खोरमा आज बिहान एउटा चितुवा परेको छ । चितुवा नियन्त्रणका लागि स्याकुनथोक सामुदायिक वनमा राखिएको काठको खोरमा पोथी चितुवा परेको हो ।
अन्दाजी सात वर्षको उक्त पोथी चितुवाको तौल करिब ३५ किलो रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो । बरालका अनुसार नियन्त्रणमा आएको चितुवालाई सुरक्षितरूपमा चितवन स्थानान्तरण गरिएको छ ।
केही सातायता चितुवा नियन्त्रणका लागि वन्यजन्तु विभागबाट खटिएका विज्ञ नरेश सुवेदीले वनमा अझै पनि सातवटा जति चितुवा रहेको अनुमान गरेका थिए । ‘यहाँ एकभन्दा बढी पोथी चितुवा भएकैले आक्रमणका घटना बढेका हुन्, उनले भने । हाल नियन्त्रणमा लिइएको चितुवा चितवन राष्ट्रिय निकुञ्जमा पठाइएको छ ।
क्यामेरासहित निगरानी
६ बालबालिकाको ज्यान गइसकेपछि अवस्था विकराल रहेको ठहर गर्दै प्रदेश सरकारले स्थानीय तह र वन डिभिजनमार्फत परिचालनका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
सोही क्रममा विभागबाट विज्ञसहितको टोली अहिले भानुमा छ । टोलीले अझै पनि चितुवा नियन्त्रणका लागि गस्ती र निगरानी गरिरहेको छ ।
डेढ वर्षमा छ बालबालिकाको मृत्यु
चितुवाको आतङ्क बढेपछि यहाँका सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि काठको खोर बनाइएको छ । भानु नगरपालिकामा सबैभन्दा बढी चितुवा आतङ्क छ । भानु नगरपालिकामा चितुवाको आक्रमणबाट डेढ वर्षमा छ बालबालिकाको मृत्यु भइसकेको छ ।
भानु नगरपालिकासँग सिमाना जोडिएको व्यास नगरपालिका–९ मा पछिल्लो समय चितुवाको आतङ्क बढ्न थालेको स्थानीयवासी बताउँछन् ।
भानु नगरपालिका–१, २, ३ र ४ का विभिन्न सामुदायिक वनमा पनि चितुवा नियन्त्रणका लागि काठको खोर निर्माण गरेर राखिएको छ । भानुका सामुदायिक वनमा काठको खोरमा परेर हालसम्म चार चितुवा नियन्त्रणमा आइसकेको छ ।
केही समय अगाडि व्यास नगरपालिका–१ मुसेखोला र व्यास नगरपालिका–७ कलेस्तीमा चितुवा मृतावस्थामा फेला परेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० पुस २०७६, १२ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा चितुवाको आक्रमणबाट १ जना घाइते
चितुवा पासोमा परेपछि...
धादिङमा चितुवाको आक्रमणबाट चारजना घाइते
शुक्लाफाँटामा चितुवा मृत फेला
तनहुँमा चितुवा आतङ्कः स्थानीयमा त्रास
मच्छेगाउँमा चितुवाको आक्रमणबाट एक पुरुष घाइते