काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसद् बैठक बोलाउन दबाब सिर्जना गर्ने बताएको छ । शुक्रबार बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पूर्वसभामुख समेत रहेका माओवादी उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले संसद् बैठक बोलाउन आनाकानी गर्नुमा सरकारको बदनियत हुनसक्ने शंका आफूहरूले गरेको बताए ।
‘यो सरकारको गतिविधि हेर्दा संसद् बोलाउन आनाकानी गर्ने अर्थात् बोलाउन ढिला गर्ने भएको छ । यी सबैले लोकतन्त्रमाथि नै गम्भीर समस्या पैदा हुँदैछ । लोकतन्त्रको आत्मा भनेको संसद् हो,’ सापकोटाले भने, ‘संसद् नै नबोलाएपछि लोकतन्त्र फस्टाउँदैछ । कमसेकम बैठक त समयमा बोलाउनुपर्यो । बैठक पनि समयमा नबोलाउने भएपछि यो भन्दा गम्भीर कुरा अरु हुन सक्दैन ।’
उनका अनुसार अब सबै दलहरूसँग छलफल गरेर संसद् आह्वानका लागि प्रभावकारी रुपमा दबाब चलाउनेगरी माओवादीले सोच बनाएको छ ।‘अब हामी सबै पार्टीसित पनि छलफल चलाउँछौं । प्रभावकारी दबाब सिर्जना गर्छौं,’ सापकोटाले भने, ‘समयमै नबोलाउनुमा केही बदनियत छ कि जस्तो हामीलाई लागिरहेको छ ।’
माओवादी स्थायी समिति बैठक भोलि दिउँसो २ बजे बस्नेगरी स्थगित भएको छ ।पार्टीको केन्द्रीय समिति बैठक सफल बनाउनेगर गहन, गम्भीर र महत्त्वपूर्ण सुझाव संकलनको काम भइरहेको उनले बताएका छन् । स्थायी समिति बैठकमा सहभागीहरूले समसामयिक परिस्थिति र पार्टी रुपान्तरण लगयातका यावत् विषयमा आफ्ना कुराहरू राखेको उनले बताए ।
‘अब हामीले सबै पालिकामा समाजवादको आधार खडा गर्नुपर्छ । पहिला १ सय २२ वटा तहमा नेतृत्व थियो । अहिले ग्रामथानसहित १ सय २३ वटामा छ । ग्रासरुट सुशासनमा सर्वाधिक जोड दिननुपर्छ,’ सापकोटाले भने
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ पुस २०८१, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्को केन्द्रीय समिति बैठकले मात्र महाधिवेशनको मिति तय गर्ने
माओवादी केन्द्रको केन्दीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै
माओवादी स्थायी कमिटी बैठक सुरु
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
माओवादी सांसदहरूले खोजे संसदीय समितिको क्यालेन्डर