भानु माध्यमिक विद्यालयले मनायो ५८ औं वार्षिकोत्सव

सफल खबर संवाददाता

सोमबार, ०७ पुस २०७६, ०९ : ४५
भानु माध्यमिक विद्यालयले मनायो ५८ औं वार्षिकोत्सव

चितवन । ५८ औं वर्ष पार गरेको भानु माध्यमिक विद्यालय पहारिलोटार भरतपुर २१ ले आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवश भव्यताका साथ सम्पन्न गरेको छ । वार्षिकोत्सवकै अवसर पारेर नेवा समाज पार्वतीपुर तथा जगतपुर झाँक्री, शिव मन्दिर भजन समुह, कृष्णचोकको भजन टोली ,सत्यनारायण आमा समुह, सचेतना आमा समूह लगायतका संघ सस्थाहरुका सदस्यहरुले परम्परागत भेषभषामा सजिएर बाजागाजा सहित झांकी निकालेका थिए ।

कार्यक्रममा प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युबराज दुलाल विद्यालयको गुणस्तरीय शिक्षा प्रतिको लगाब लाई थप उर्जा प्रदान गर्नका लागि प्रदेश सरकारबाट विद्यालय सबलिकरण कार्यक्रमका लागि सहयोग गर्ने बताउनुभयो । सोही कार्यक्रममा उपस्थित बालयोगेश्वर महाराजबाट एक जना कमजोर आर्थिक अवस्था भएको विद्यार्थीलाई ५ वर्ष सम्म वार्षिक  ५१ हजार रुपैंया, त्यसैगरि एसईईमा ए प्लस प्राप्त गरेमा ५० हजार तथा ए ग्रेड प्राप्त गर्ने लाई २५ हजार छात्रवृत्ति दिने घोषणा गर्नुभयो ।

उहांले द्यालयमा बस नरहेकाले बस खरिदका लागि आवश्यक सहयोग जुटाईदिने पनि घोषणा गर्नभयो । यसैगरी हिसप सामुदायिक बिकास नेपालका अध्यक्ष सन्त बहादुर बिकले विद्यालय तथा विद्यार्थीहरुको लागि १ लाख २४ हजार सहयोग प्र्रदान गर्नुभयो । वार्षिकोत्सव अवसरमा विद्यालयमा उत्कृष्ट काम गर्ने विद्यार्थी, शिक्षक, अभिभावकहरुलाइ पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रम प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युबराज दुलालको प्रमुख आथित्यता तथा बालयोगेश्वर फाउन्डेसनका प्रमुख भागवत ज्ञाता धनधान्याचल महायज्ञ २०७५ का कथावाचक बाल योगेश्वर महाराजको विशिस्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस