विवाह गर्ने प्रलोभनमा पारेर शोषण गर्दा घट्यो डरलाग्दो घटना

सफल खबर संवाददाता

आइतबार, ०६ पुस २०७६, २१ : ०२
विवाह गर्ने प्रलोभनमा पारेर शोषण गर्दा घट्यो डरलाग्दो घटना

प्रतिकात्मक फोटो

काठमाडौ । आफ्नी छोरीमाथि जबरजस्ती करणी गर्न खोज्दा भएको घटनामा बौद्ध प्रहरीले एकपक्षीय कुरामात्र सुनेको भन्दै यौनहिंसामा परेकी सविना (नाम परिवर्तन) की आमा विमायाले आज सञ्चार केन्द्र नेपालमा एक पत्रकार सम्मेलनको आयोजना गरेकी छिन् ।

मिति २०७६ मंसिर २३ गतेका दिन मकवानपुर जिल्ला हेटौडा घर भई हाल काठमाडौ बौद्ध बस्ने २१ वर्षीय राजीव सिकारी सुनुवारले आफ्नो छोरीमाथि जबरजस्ती करणी गर्न खोज्दा आफूलाई बचाउ गर्ने क्रममा प्रतिकार गर्दा राजिव सिकारीको लिङ्गमा चोट लागेको थियो । 

सोही आरोपमा आफ्नी छोरीलाई महानगरीय प्रहरी प्रभाग बौद्धले ज्यान मार्ने उद्योगमा हिरासतमा लिएको जानकारी गराइन् । उनले घटना घटिसकेपछि प्रहरीले केटापक्षको दबाब र प्रभावमा परी बौद्ध प्रहरीका डिएसपी रमेश बहादुर सिंहले आफूँहरुको जाहेरीसमेत नलिएको भन्दै आफूहरुलाई न्याय दिलाउन सम्पूर्ण सञ्चारकर्मीहरुसमक्ष अपिल गरिन् । 

उनले भनिन्–‘आफ्नो अस्मिता जोगाउन हरतरहले प्रयासरत रहेकी मेरी छोरीले न्याय पाउनुपर्नेमा उल्टो बलात्कारीलाई पक्षपोषण गर्ने गरी पिडितलाई ज्यान मार्ने उद्योग अन्र्तगत मुद्दा चलाउँदा हामीहरु अन्यायमा परेका छौँ ।’ प्रहरीले नै पिडक पक्षको पक्षपोषण गरी हामीलाई पिडामाथि थप पिडा दिएकोले हाम्रो परिवार न्यायको खोजिमा छौँ भन्दै दुवैतर्फ निष्पक्ष छानविन गर्न माग गरिन् ।

घटना कसरी घट्यो ?
विगत एक वर्षदेखि मकवानपुर हेटौडाका २१ वर्षीय राजीव सिकारी सुनुवार र  २० वर्षीय युवती बीच  प्रेम रहँदै आए । यसबीचमा केटाले युवतीलाई विवाह गर्ने प्रलोभन देखाएर पटक पटक यौनसम्पर्क समेत राख्न सफल भए ।  ८÷१० महिनासम्म नियमित यौनसम्पर्क राखेपछि युवतीले राजीवलाई विवाहको प्रस्ताव गरिन् । तर केटाले आफ्नो २÷३ जना गर्लफ्रेड रहेको भन्दै विवाह गर्न अस्वीकार गरे ।

केटाले आफूलाई विवाह नगर्ने भनेपछि युवती छाँगाबाट खसेजस्तै भईन् । एकातिर विश्वासघात अर्कोतर्फ अस्मिता समेत लुटियो । जीवन नै राजीवसँग विताउने सपना बोकेकी युवतीले आफूमाथि राजिवले ठुलो विश्वासघात गरेकोमा राजिवप्रति घृणा जागेको थियो । त्यस्तो बेलामा पनि राजीव पुनः युवतीसँग रासलिला मच्चाउन चाहन्थे त्यही कारण राजिव २०७६ मंसिर २३ गते युवतीको कपनस्थित डेरामा पुगे । डेरामा ३ घण्टा विताए । यसबीचमा राजीवले शरीरको कपडा खोलेर खाटमा पल्टिएपछि युवतीको रिसको पारो चढ्यो । उनले तरकारी काट्ने चक्कु निकालिन् र राजिवको लिङ्गमै आक्रमण गरिन् ।  घटनामा राजिवको लिङ्गमा चोट लाग्यो भने युवतीको हातमा चोट लाग्यो ।

प्रतिक्रिया दिनुहोस