सर्वोच्चका न्यायाधीशहरु साढे ९ बजेनै अदालत आइपुग्नुपर्ने : विदाको दिनपनि इजलास तोक्न सक्ने नयाँ व्यवस्था

शुक्रबार, ०१ मंसिर २०७४, ११ : ५६
सर्वोच्चका न्यायाधीशहरु साढे ९ बजेनै अदालत आइपुग्नुपर्ने : विदाको दिनपनि इजलास तोक्न सक्ने नयाँ व्यवस्था


काठमाडौँ । सर्वोच्च अदालतले सबै न्यायाधीशहरुलाई प्रत्यक दिन बिहान ९:३० बजे नै कार्यलयमा हाजिर भैसक्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

मङ्सिर १ गतेबाट लागु हुनेगरी यो व्यवस्था भएको सर्वोच्च अदालतले जनाएको छ । मुद्दाको चापलाई मध्यनजर गर्दै न्यायाधीसहरुलाई कार्यालय समय सुरु हुनुभन्दा आधा घण्टा अघि नै कार्यालयमा आउनुपर्ने व्यवस्था गरेको हो । त्यस्तै सर्वोच्च अदालतले आइतबार बिहानदेखि बिहीबारसम्म विहान १० बजेबाट बेलुका ५ बजेसम्म र शुक्रबार बिहान १० बजेदेखि ४ बजेसम्म कार्यलय समय तोकेको छ । सर्वोच्चको पछिल्लो व्यवस्थाले अदालतमा रहेको मुद्दाको चाप घट्ने अपेक्षा गरिएको छ । निर्णय अनुसार आजबाटै न्यायाधीशहरु  बिहान ९ः३० बजे कार्यलयमा उपस्थित भएको सर्वोच्च अदालतका प्रवक्त नारायणप्रसाद पन्थीले बताए ।

त्यस्तै सर्वोच्चले मंसिर १ बाटै अतिरिक्त समयमा इजलास संचालन गर्ने भएको छ । सार्वोच्च अदालतको नियामवली २०७४ को नियम ३ को उपनियम १ अनुसार कार्यालय समय सुरु भएको आधा घण्टापछि इजलास लाग्नेछ । पछिल्लो निर्णयपछि यसअघि ११ बजेबाट सुरु हुने इजलास अब १० बजेबाट नै शुरु हुनेछ । त्यस्तै सोही नियामावलीको नियम ४ को उपनियम ३ अनुसार प्रधानन्याधीशले कार्यालय समय बन्द रहेको अवसथामा समेत इजलास लाग्ने समय तोक्न सक्ने व्यवस्था भएको छ ।

विद्यमान मुद्दा फछ्र्योट स्थितिलाई मध्यनजर गर्दै छिटोछरितो न्यायको सुनिश्चितताका लागि अतिरिक्त समयमा समेत इजलास सञ्चालन गर्नुपर्ने आवश्यक्ता महशुस गरी विगत केहीसमय यता अदालतको पूर्ण बैठक, महान्याायधीवक्ताको कार्यालय, बार एसोशिएसन र छलफलबाट यस्तो निर्णय गरिएको सर्वोच्च अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस