दुर्घटना

त्रिशूलीमा गाडी खस्यो, सिँचाई मन्त्रालयका सचिवसहित तीनजना बेपत्ता

शनिबार, २७ माघ २०७४, ०८ : ३०
त्रिशूलीमा गाडी खस्यो, सिँचाई मन्त्रालयका सचिवसहित तीनजना बेपत्ता

तस्बिर : रातोपाटी

धादिङ । सिँचाइ सचिव रामानन्द प्रसाद यादव चढेको जिप त्रिशुली नदीमा खसेको छ । दुर्घटनामा तीन जना जना बेपत्ता भएका छन् ।
सिँचाई मन्त्रालयको बा २ झ ३१४० नम्बरको गाडी धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट त्रिशूली नदीमा खसेको गजुरी प्रहरीले जनाएको छ ।


दुर्घटनामा सचिव यादवसहित उनका छोरा सन्तोष र साथीको छोरी वेपत्ता भएको धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

चालक निराजन यादव घाइते छन् । उनी दुर्घटनास्थलबाट आफै बाहिर आएपछि प्रहरीहरुले उद्धार गरेका थिए । उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ । वेपत्ता भएका सचिव यादव लगायतको खोजी जारी रहेको भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस