काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा रु १०० ले बढेको छ । बुधबार मंगलबार तोलामा ७१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार रु १०० बढेर ७१ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
तेजावी सुन तोलामा ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । चाँदी भने मंगलबारकै मूल्य रु ८५० प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ पुस २०७६, १२ : १०
लेखकबाट थप