प्रदेश ३

संसदीय दलको नेता चुनिएका डोरमणि पौडेल बन्ने भए प्रदेश ३ को मुख्यमन्त्री

शुक्रबार, २६ माघ २०७४, १३ : २८
संसदीय दलको नेता चुनिएका  डोरमणि पौडेल बन्ने भए  प्रदेश ३ को  मुख्यमन्त्री

काठमाडौं ।  प्रदेश नम्बर ३ मा नेकपा एमालेको संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् ।

काठमाडौंमा शुक्रबार भएको चुनावमा जित निकाल्दै पौडेल प्रदेश नम्बर ३ को मुख्यमन्त्री बन्ने पक्का भएको हो । दलको चुनावमा ५८ मत खसेकोमा पौडेलले ३४ मत पाए भने पार्टी उपाध्यक्ष समेत रहेकी शाक्यले २४ मत मात्र पाइन् ।

चुनावमा विजयी भएपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले आफू प्रदेश र प्रदेशका बासिन्दालाई समृद्ध बनाउन लागि पर्ने बताए।

उनले भने, ‘प्रदेश नम्बर ३ स्रोत साधानमा धनी छ, त्यसलाई एकीकृत रुपमा प्रयोग गरेर समृद्धिका लागि काम गर्ने छु ।’ उनले सबैको साथ र सहयोग लिएर अघि बढ्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस