प्रदेश ३

३ नम्बर प्रदेशको संसदीय दलको नेताका लागि अष्टलक्ष्मी र डोरमणि चुनावी मैदानमा

शुक्रबार, २६ माघ २०७४, ११ : ५५
३ नम्बर प्रदेशको संसदीय दलको नेताका लागि  अष्टलक्ष्मी र डोरमणि चुनावी मैदानमा

काठमाडौं । प्रदेश नम्बर ३ को एमाले संसदीय दलको नेतामा २ जनाको उम्मेदवारी परेको छ । एमाले दलको नेता यो प्रदेशको मुख्यमन्त्री हुनेछन् । मालेले प्रदेश नं ३ मा दलको नेता सर्वसम्मत छान्ने प्रयास गरेपनि असफल भएपछि शुक्रबार निर्वाचन हुँदैछ  ।

मुख्यमन्त्रीको दावेदार राजेन्द्र पाण्डे राजेन्द्र पाण्डे पछि हटे ।   उनले उम्मेदवारी फारम भने लगेका थिए । पाण्डेले अन्तिम समयमा आएर अष्टलक्ष्मी शाक्यलाई समर्थन गरेका छन् ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दलको नेताका लागि निर्वाचन हुदैछ । नेता नेपालका अनुसार १२ बजेपछि मतदान हुने छ ।
यो प्रदेशमा एमालेका ५८ सांसद छन् । दलको नेता जित्न कम्तिमा ३० जनाको मत आवाश्यक पर्छ । 

प्रतिक्रिया दिनुहोस