ट्रक र अटो ठोक्‍किँदा २ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २९ मंसिर २०७६, १४ : २०
ट्रक र अटो ठोक्‍किँदा २ जनाको मृत्यु

धनकुटा । ट्रक र अटो ठोक्‍किँदा २ जनाको मृत्यु भएको छ । 
आइतबार दिउँसो १२ बजेतिर बसन्तपुरबाट धरानतर्फ जाँदै गरेको ट्रक र हिलेबाट जोरपाटी बजारतर्फ जाँदै गरेको २ ह ६६११ नम्बरको अटो जोरपाटी गाउँपालिका २ स्थित फलैचामा दुर्घटनामा परेका हुन् । अटो तीव्र गतिमा रहेका कारण ट्रकसँग ठोक्किन पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ । 

सिधुवा प्रहरी चौकीका जवान रामचन्द्र कटुवालका अनुसार घटनास्थलमै २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा धनकुटा २ का अटोचालक २४ वर्षीय दशरथ पाख्रिन र छथर जोरपाटी गाउँपालिका १ का ४० वर्षीय सांगे शेर्पा रहेका छन् ।

दुर्घटनामा २ जना घाइते भएका छन् । घाइतेको धनकुटा अस्पतालमा उपचार भइरहेको छ । 
घटनालगत्तै ट्रक र ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।