बुटवल। दाङमा विंगर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउँखोला बक्सकटिङ नजिकै विङ्गर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । उनीहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक इश्वर थापाले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ । कपिलवस्तुको चद्रौटाबाट बर्दिया जाँदै गरेको लु १ ज ४२९८ नम्बरको गाडी बिहान करिब ५ बजेतिर दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार गाडीमा १४ जना सवार रहेका थिए ।
तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुन सक्ने प्रहरी नायव उपरीक्षक थापाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ पुस २०८१, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागार्जुन नगरपालिकामा गाडी पल्टियो, एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा २ युवकको मृत्यु, ४ घाइते
एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते
ट्याक्टर सहचालकको मृत्यु, चालक पक्राउ