चितवन l आइसिसी महिला यू–१९ विश्वकप २०२५ मा छनोट भएको नेपाली यू–१९ टोलीलाई बुधबार चितवनमा भव्य स्वागत गरिएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले खेलाडीहरुलाई फूलको माला लगाएर स्वागत गरेकी हुन् ।
निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अभ्यास खेलका लागि आएको टोलीलाई स्वागत गर्न भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी पनि उपस्थित थिए l
नेपालले आगामी जनवरी–फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा समूह ’डी’ मा प्रतिस्पर्धा गर्नेछ । समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् । विश्वकपमा चार समूहका १६ टोली समूह चरणमा भिड्ने छन् । समूहका शीर्ष दुई टोली अन्तिम आठमा पुग्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० पुस २०८१, १७ : ५८
लेखकबाट थप