जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ

सफल खबर संवाददाता

शनिबार, २८ मंसिर २०७६, १५ : ३७
जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ

मकवानपुर । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा थाहा नगरपालिका ७ वसेरी बस्ने काठमाडौं बुढानिलकण्ठ नगरपालिका १३ कौडोल घर भएका ४२ वर्षीय रवि खनाललाई प्रहरीले पक्राउ गरेको छ । 
खनालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस