जबरजस्ती गरेको आरोपमा दुई जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, २० असोज २०८१, १४ : ४३
जबरजस्ती गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा तनहुँ र ओखलढुङ्गाबाट दुई जना पक्राउ परेका छन् ।

तनहुँमा ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ब्यास नगरपालिका स्याम्घा घर भई सोही नगरपालिका शितलटोल बस्ने ४३ वर्षीय पंचलाल दर्जीले ती महिलालाई बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो ।

त्यस्तै, ओखलढुङ्गाबाट २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मानेभन्ज्याङ गाउँपालिका बगाले टोल बस्ने ४० वर्षीय देवराज राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । राईले ती महिलालाई गत असोज एक गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी केत्तुके र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस