पूर्वीचितवनमा फेरि अर्को बस पल्टिँदा १३ जना यात्रु घाइते

सफल खबर संवाददाता

शुक्रबार, २७ मंसिर २०७६, १३ : ०३
पूर्वीचितवनमा फेरि अर्को बस पल्टिँदा १३ जना यात्रु घाइते

चितवन । पूर्वीचितवनमा आज शुक्रबार बिहान फेरि अर्को बस पल्टिँदा १३ जना यात्रु घाइते भएका छन् । करिब ११ः४५ को समयमा राप्ती नगरपालिका ६ हर्दीमा बस दुर्घटनामा परेको हो ।

यसअघि  बसमा २५ जना यात्रु रहेका थिए । 

वीरगंजबाट नारायणगढ तर्फ आइरहेको बा ३ ख ८४९० नं को बस आँफै अनियन्त्रित भई पल्टेको प्रहरीको भनाइ छ । 

बसका चालक प्रेमप्रसाद चौधरीलाई प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि बिहीबार राती पूर्वीचितवनको टाँडी बजारनजिकै सवारी दुर्घटना हुँदा १७ यात्रु घाइते भएका थिए ।