काठमाडौँ । साउदी अरबले बिदामा आएका कामदार भिसाको म्यादभित्रै नफर्के तीन वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको छ । साउदीको राहदानी विभाग (जवाजत) ले भिसा रद्द नगरी साउदी छाडेपछि पुनः सोही रोजगारदातासँग काम गर्न नआए तीन वर्षसम्म फर्कन नदिने निर्णय गरेको हो ।
बिदामा गएकाहरू समयमै नफर्कर्दा रोजगारदातालाई कामदार अभाव भएपछि साउदीले यस्तो नीति ल्याएको हो। साउदी रोजगारदातालाई नयाँ कामदार भर्ती गर्न कम्तीमा दुई महिना लाग्ने गर्छ। साउदी सरकारले गैरकानुनी हैसियतमा कामदार भर्ती गर्ने रोजगारदातालाई भने एक लाख रियालसम्म जरिवाना लगाउने नीति ल्याएको छ।
पछिल्लो समय भिसाको म्यादभित्र बिदामा आएका कामदार पुनः तोकिएको अवधिमा साउदी फर्कने गरेका छैनन्। जसमा नेपालीसमेत छन्। कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २७ मंसिर २०७६, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृत्यु
साउदी अरबले गर्यो १० हजार आप्रवासी कामदारलाई देशनिकाला