काठमाडौँ । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त र आयुक्तहरुको नाम सिफारिस भएको छ । आइतबार बसेको सिफारिस समितिको बैठकले प्रमुख सूचना आयुक्तका लागि पूर्व सञ्चार सचिव महेन्द्रमान गुरुङ र आयुक्तका लागि कमला वली थापा र दीपक मैनालीको नाम सिफारिस गरिएको स्रोतले बताएको छ ।
मैनालीले जनदिशा दैनिकमा काम गर्थे भने थापा कानुन व्यवसायी हुन् । मैनाली पूर्व माओवादी र थापा पूर्व एमालेको कोटामा सिफारिसमा परेका हुन् । उनीहरुको नाम आगामी मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि पाँच वर्षे कार्यकालका लागि नियुक्त हुनेछन् । मन्त्रिपरिषद् बैठक सम्भवतः मंगलबार बस्दैछ ।
आयोगमा यसअघिका पदाधिकारीको समयावधी पुस २० गते सकिँदैछ । सभामुखको अध्यक्षतामा रहने सिफारिस समितिमा सञ्चारमन्त्री र पत्रकार महासंघका अध्यक्ष सदस्य रहने संवैधानिक व्यवस्था छ । यद्यपि यसपालि सिफारिस समितिको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाम्फेले गरेकी थिइन् । आयोगको पदाधिकारीका लागि २२ जनाले आवदेन दिएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २३ मंसिर २०७६, ०६ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सूचना आयोगको १६ औँ वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस
सूचनाको हक हरेक क्षेत्रले इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्छ : डा. गुरुङ