दुर्घटनामा स्कुले बालिकाको मृत्युपछि स्थानीयले जलाए ट्रक

सफल खबर संवाददाता

आइतबार, २२ मंसिर २०७६, १४ : ०७
दुर्घटनामा स्कुले बालिकाको मृत्युपछि स्थानीयले जलाए ट्रक

बाँके । ट्रकको ठक्करबाट एक स्कुले  बालिकाको मृत्यु भएपछि बाँकेको कोहलपुर तनावग्रस्त बनेको छ ।  
कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ट्रकले आइतबार बिहान स्थानीय हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्दको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको हो । 

आक्रोशित स्थानीयले ट्रक जलाएका छन् भने सडक अवरुद्ध पारेर प्रदर्शन गरिरहेका छन् । 
सो क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा दुबै पक्षका केही घाइते भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस