फागुन ७ गतेको प्रजातन्त्र दिवस मनाएर हामी सरकारबाट विदा हुन्छौं : कानुनमन्त्री थापा

विहीबार, २५ माघ २०७४, १५ : ०९
फागुन ७ गतेको प्रजातन्त्र दिवस मनाएर हामी सरकारबाट विदा हुन्छौं : कानुनमन्त्री थापा

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले फागुन ७ गतेको प्रजातन्त्र दिवस मनाएर सरकारबाट हुने विदा बताएका छन । उनले  आगामी फागुनको ७ गते नै नयाँ सरकार बन्ने बताएका छन । उनले भने 'एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार बन्छ, उहाँलाई मेरो शुभकामना छ ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै मन्त्री थापाले बुधबार सम्पन्न राष्ट्रिय सभाको निर्वाचनसँगै आफूहरुको दायित्व पूरा भएको स्पष्ट पारे ।

मन्त्री थापाले एक दुई दिनभित्रै प्रधानमन्त्री शेरबहादुर देउवाको राजिनामा आउने पनि जनाए । उनले सरकारले आगामी मन्त्रिपरिषदको बैठकबाट राष्ट्रिय सभा सदस्यको लागि तीन जनाको नाम सिफारिश गर्नेबारे छलफल गर्ने समेत विश्वास दिलाए ।

उनले भने, ‘अब बस्ने क्याबिनेट बैठकमा यो बारेमा हामी छलफल गर्छौं, ३ जनाको नाम सिफारिश गर्दा साझा व्यtmित्व चयन गर्छौ, योग्यता पुगेकाहरुलाई नै हामी सिफारिश गर्छौं, सभाको वजन र गरिमालाई धान्न सक्ने व्यक्तित्वहरु च्यन गर्छौं ।’

प्रतिक्रिया दिनुहोस