एभरेस्ट होटलका सञ्चालक लारी पक्राउ

विहीबार, २५ माघ २०७४, १४ : १८
एभरेस्ट होटलका सञ्चालक लारी पक्राउ

काठमाडौं । सन् १९९७ मा नेपालबाट जर्मनी तस्करी भएको २ सय ५० किलो अवैध लागुऔषध चरेश काण्डमा संलग्नता भएको खुलेपछि २०६८ सालदेखि फरार पाँचतारे होटल एभरेष्टका मालिक मस्कुर अहमद लारीलाई प्रहरीले बिहीबार काठमाडौंको महाराजगन्जबाट पक्राउ गरेको छ ।

पक्राउ परेका लारीलाई थप अनुसन्धान गरी अदालत बुझाउने गरी लागुऔषध नियन्त्रण ब्युरोको जिम्मा लगाइएको महानगरीय प्रहरी आयुक्त एआईजी जयबहादुर चन्दले बताए । पक्राउ परेका लारीविरुद्ध लागुऔषध मुद्दा काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ ।

करिब २१ वर्षअघि प्रहरीले लारी फेला नपरेको भन्दै अदालतमा मुद्दा बुझाएको थियो । तर, पहुँचका आधारमा उनी अदालत गएका थिएनन् । जिल्ला अदालत काठमाडौंले उक्त मुद्दाको पुनः सुनुवाइ गरेपछि २०६८ मा मस्कुरको नाममा पक्राउ गरी थप अनुसन्धान गरी अदालत पेश गर्न आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस