बागलुङ जिप दुर्घटनामा बेपत्ताको शव भेटियो, मृतकको संख्या १५ पुग्यो

सफल खबर संवाददाता

बुधबार, १८ मंसिर २०७६, १३ : ३४
बागलुङ जिप दुर्घटनामा बेपत्ताको शव भेटियो, मृतकको संख्या १५ पुग्यो

गुल्मी । बागलुङ जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । दुर्घटनापछि खोलाले बगाएर बेपत्ता भएका यात्रुको शव फेटिएसँगै मृतकको संख्या १५ पुगेको हो । 
मंगलबार गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसिखोला जाँदै गरेको ग१ज ५२१९ नंको जीप दुर्घटना भएको थियो । 

बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । 

दुर्घटनामा अन्य तीन जना घाइतेको राजधानीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस