शल्य चिकित्सकहरुको १२ औं राष्ट्रिय सम्मेलन समापन

सफल खबर संवाददाता

शनिबार, १४ मंसिर २०७६, १८ : २१
शल्य चिकित्सकहरुको १२ औं राष्ट्रिय सम्मेलन समापन

फाइल फोटो

काठमाडौं । शल्य चिकित्सकहरुको १२ औं राष्ट्रिय सम्मेलन शनिबार समापन भएको छ । बिहिबार बाट सुरु भएको सम्मेलनमा नेपालका शल्य चिकित्सकहरु लगायत जापान कोरिया ईन्डियाका शल्य चिकित्साहरुको उपस्थिीती रहेको थियो । सम्मेलन  नेपाल शल्य चिकित्सक समाजको आयोजना र चितवन शाखाको संयोजनमा सुरु भएको थियो ।

सम्मेलनको औपचारिक समुद्घाटन भने शुक्रबार साँझ गरिएको थियो । सम्मेलनको समुद्घाटन सत्रमा चर्चित व्यक्तित्वहरु कुलमान घिसिङ, महाविर पुन, उदय पिया लगायतको उपस्थिति रहेको थियो । तीन दिने सम्मेलनमा देशभरका करिव तीन सय शल्य चिकित्सकहरुको सहभागिता रहेको थियो । दोस्रो दिन शुक्रबार  विभिन्न विषयमा ७० भन्दा बढी डाक्टरहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । साथै तेस्रो दिन शनिबार पनि डाक्टरहरुले कार्यपत्रहरु प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्ने सम्पूर्ण डाक्टरलाई मायाको चिनोद्धारा सम्मान गरिएको थियो ।

नेपाल शल्य चिकित्सक समाजका सचिव डा.आशिष पुनले सम्मेलनबाट शल्य चिकित्सामा विदेशमा के भइरहेको छ, कसरी शल्यक्रियाहरु भइरहेका छन्, नयाँ–नयाँ उपकरणहरु कस्ता आइरहेका छन् । यी सबै कुराको अनुभव आदानप्रदान गरिएको बताउनु भयो । सम्मेलनमा नेपालका शल्य चिकित्साहरुले विदेशी शल्य चिकित्साहरुको अनुभवलाई र विदेशी चिकित्साहरुले नेपाली शल्य चिकित्साहरुको अनुभवलाई आदानप्रदान गर्ने काम भएको उहाँको भनाइ छ । यस्तो कार्यशालाले चिकित्सकहरुको क्षमता अभिवृद्धिमा मदत पुग्ने पुनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस