– आशिष उप्रेती
चतवन । नेतृत्व विकासका लागि पूर्वि चितवनमा आयोजित दुई दिने लिडरशिप युथ क्याम्प सिजन २ आज शनिवार सम्पन्न भएको छ । लियो क्लव अफ चितवन पर्साको आयोजनामा भएको क्याम्पमा युवाहरुलाई नेतृत्व विकाससँगै पर्यटन प्रवद्र्धनमा ध्यान दिनुपर्ने विभिन्न विषयमा चर्चा गरिएको थियो ।
पर्यटकीय क्षेत्रलाई चिनाउन र पर्यटन वर्ष २०२० लाई सफल बनाउने उद्देश्यका साथै युवाहरुलाई सक्षम रुपले नेतृत्व बहन गर्न र युवाहरु एकिकृत रुपमा समाजसेवाको भावना बढाउन कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक लियो सन्दिप अधिकारिले बताए ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा लायन्स क्लव अफ चितवन पर्साको अध्यक्ष लायन धनबिर चौधरी, विशिष्ट अतिथिको रुपमा लियो जिल्ला परिषद् ३२५ बी २ का डाइरेक्टर तथा पूर्व अध्यक्ष लियो अन्जन चौधरी र लियो जिल्ला परिषद् ३२५ बि २ का हङगर रिलिफ प्रोग्राम चिफ तथा तत्कालिन पूर्व अध्यक्ष लियो रुपेश भट्ट रहेका थिए ।
युवाहरुका लागि यस्ता कार्यक्रमहरु अब आउने वर्षहरुमा पनि गरिने कार्यक्रमका सभापति लियो नमराज लामिछानेले बताए ।
प्रतिक्रिया दिनुहोस