काठमाडौं । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३ मा विद्युत् सर्ट भएर आगलागी हुँदा १५ लाखभन्दा बढीको क्षति भएको छ ।
विद्युत् सर्ट भएर आगलागी हुँदा सभापोखरी–२ ज्यामिरेका ध्वजवीर राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिहीबार दिउँसो १२ बजे राईको घर जलेर नष्ट भएको हो । आगलागीबाट नगद तीन लाख, पाँच तोला सुनका गरगहना, ल्यापटप, साउन्ड सिस्टम, अन्नपात, भाँडावर्तन जलेर नष्ट भएको प्रहरीले जनाएको छ । १२ बजे लागेको आगो ३ बजे स्थानीयवासी र प्रहरीले नियन्त्रण लिएका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १३ मंसिर २०७६, १९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्लास्टिक उद्योगमा आगलागी, ४ करोडभन्दा बढी क्षतिको अनुमान
डोल्पामा आगलागी हुँदा एक जनाको मृत्यु, दुई तले कच्ची घर पूर्ण रूपमा जल्यो
फर्निचर उद्योगमा आगलागी, एक जनाको मृत्यु, एक घाइते
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
तनहुँको डुम्रे बजारमा आगलागी
टर्कीको रिसोर्ट आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो, ९ जना पक्राउ