काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा पीडित कामदारलाई सरकारले भुक्तानी दिएको छ । इटालेली कम्पनी सिएमसीले ज्यालाबापतको रकम दिन बाँकी राखेर गएपछि नेपाल सरकारले सोबापतको रकम उनीहरुलाई भुक्तानी दिएको हो ।
उक्त कम्पनी निर्माण कार्य अलपत्र पारेर जाँदा त्यहाँ कार्यरत कामदार र आपूर्तिकर्तालाई भुक्तानी भएको थिएन । कम्पनी गएदेखि नै कामदारले आफू पीडित भएको भनी सरकारसँग ज्याला भुक्तानीको माग गरेको मन्त्रालयका प्रवक्ता रीतेशकुमार शाक्यले बताउनुभयो । मन्त्रालयले अहिले झण्डै ७०० कामदारलाई भुक्तानी दिएको छ । भुक्तानी लिनेमध्ये अधिकांश त्यहीँका स्थानीयवासी छन् । उहाँले भन्नुभयो, “उनीहरुले माग गरेकै आधारमा भुक्तानी दिइएको हो ।”
कम्पनी निर्माण छाडेर गएसँगै सरकारले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग १५ महिनामा काम सक्ने गरी सम्झौता गरेको थियो । नयाँ कम्पनी निर्माण कार्यमा लागिरहँदा सरकारले यस अघिको समस्यासमेत समाधान गरिरहेको छ । मन्त्रालयमा सहसचिव नेतृत्वको प्राविधिक समिति गठन गरेर विवाद समाधान गर्न लागिएको छ । साना र ठूला आपूर्तिकर्ताको भने भुक्तानी गर्न बाँकी रहेको शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “कागजातका आधारमा नै उनीहरुको पनि भुक्तानी गर्न लागिएको छ ।”(रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
बागमती नदीमा छाडियो मेलम्चीको पानी
क्षमताभन्दा बढी भएको मेलम्चीको पानी वागमती नदीमा पठाइँदै
मेलम्चीको पानी आजदेखि काठमाडौं पठाइँदै
काठमाडौँमा दशैँ अघि नै मेलम्चीको पानी आउने
मेलम्चीमा आयो बाढी, अस्थायी पुल बगायो
आज मेलम्ची बन्द नहुने, सावधानी अपनाएर पानी पठाइँदै