काठमाडौं । एक साता अगाडी मध्यरातमा परिवार सहित ठमेलको डान्स क्लबमा नाच्न पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह देश दौडाहमा निस्कन लागेका छन् । कुनै न कुनै रुपमा राजनीतिमा उत्रिएका पूर्व राजा ज्ञानेन्द्र आफनो जनमत बढाउने र दलहरुप्रतिको जनआस्थामा खोट लगाउने उदेश्यले बेला बेला देश दौडाहा गरिरहेका छन् ।
यही क्रममा उनको पछिल्लो रोजाई बनेको छ,– भैरहवा र त्यसआसपासका जिल्ला । पूर्व राजा ज्ञानेन्द्रको चाहना अलिक अगाडी नै त्यस क्षेत्रमा जाने थियो । तर देश उपचुनावमा रहेको र उनी भ्रमणमा निस्कदा निर्वाचन आचारसंहिताले छेकवार लगाउने र आफै आलोचित हुने ठानी उनले उपचुनावको भोलिपल्ट मात्रै जिल्ला दौडाहको कार्यक्रम राखेका हुन् ।
सरकारको नेतृत्व गरिरहेको दल नेकपाले समेत उनको गतिविधिलाई मसानघाटमा पुगिसकेको राजसंस्था चिहानबाट ब्यंूताउने प्रयत्न गरिरहेको टिप्पणी गदै आईरहेको छ । उनका गतिविधि पनि राजसंस्था ब्यूंताउने तिर नै लक्षित देखिन्छ । पूर्व राजा ज्ञानेन्द्र नाति हद्दयेन्द्रलाई सेरोमेनियल किङका रुपमा पूर्नस्थापित गराउन चाहान्छन् । त्यसका लागि आफुले गरिरहेको पहलमा पूर्व युवराज पारसले बेला बेला वातावरण बिगार्ने काम मात्र गरेको बुझाईमा पूर्व राजा छन् । त्यसकारण उनले पारसलाई आफुसंगवाट टाढा राखिरहेका छन् ।
पारस अहिले सोनिकासँग मस्त घुमिरहेका छन् । यसले ज्ञानेन्द्रले बनाउँदै गरेको वातावरण बिथोल्ने काम मात्र गरेको बुझाई पूर्व राजाको छ । ज्ञानेन्द्र १५ मंसिर देखि पश्चिमाञ्चल क्षेत्रको भ्रमणमा निस्कन लागेको उनका प्रेस सल्लाहकार डा फणि पाठकले वताएका छन् । भैरहवालाई आधार बनाएर उनले त्यस आसपासका जिल्ला तथा क्षेत्रहरुको भ्रमण गर्ने तयारी गरेका हुन् । उनी १५ मंसिरमा बिहान बुद्ध एयरको जहाजबाट भैरहवा जान लागेका छन् । दुई साता सम्म पूर्व राजाको त्यत्तै आसपासका जिल्ला तथा मठ मन्दिरमा भ्रमण हुनेछ । त्यस क्रममा उनले झण्डै आधा दर्जन जिल्लाको भ्रमण गर्नेछन् ।
देशको पछिल्लो राजनीतिक अवस्था, पूर्व राजा र राजसंस्थाप्रतिको जनताको बुझाई लगायतका विषयमा उनले त्यसक्रममा विभिन्न ब्यीक्तहरुसँग कुराकानी गर्ने दरवारनिकट स्रोतले वताएको छ । अहिले पूर्व राजा ज्ञानेन्द्रको दुई वटा लक्ष्य छन्, नाति ह््रदयेन्द्रलाई आलंककारिक राजाका रुपमा पूर्नस्थापित गराउने, दोश्रो पूर्व युवराज पारसलाई आफुबाट टाढै राख्ने , त्यसका लागि आवश्यक पर्दा परिवारको सदस्यबाटै निष्काशन समेत गर्ने ।
पारसकै कारण आफुले वनाउन खोजेको राजनीतिक वातावरण भत्केको वुझाईमा यतिबेला पूर्व राजा ज्ञानेन्द्र, पूर्व युवराज्ञी हिमानी लगायत पुगेका छन् । त्यसकारण पनि पूर्व राजा पारससँग आजित छन् । उनले पारसलाई परिवारको सदस्यवाट निश्कासनका लागि आवश्यक परे वक्तब्य समेत दिने तयारी थालेका छन् । त्यसो गर्दा बरु जनमत बढाउन सकिन्छ की भन्नेमा उनी दरबारभित्र छलफल चलाईरहेको स्रोतले वताएको छ । ६ महिना अगाडी मात्रै उनले इलाम लगायत तराईका जिल्लाहरुको भ्रमण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ मंसिर २०७६, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजा शाह गोरखनाथ र मनकामना जाने
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा, समर्थकले गरे स्वागत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन
पूर्वराजा शाह आज गोरखपुर जाँदै, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले भेट्ने
भूराजनीतिक परिस्थिति दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ: ज्ञानेन्द्र शाह
पूर्वराजा ज्ञानेन्द्रले भारतका उच्च नेतासँग भेट्दै