चितवन । एनएमबी बैंकको नारायणगढ शाखा र सेन्ट्रल हस्पिटल भरतपुरको संयुक्त आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा २१३ जनाले सेवा लिएका छन् ।
भरतपुर महानगरपालिका वडा नं। २ देवकोटाचोकमा आज बुधबार आयोजित शिविरमा १४२ जना महिला र ७१ पुरुषको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।
बैंकका नारायणगढ शाखा प्रबन्धक विष्णु पौडेलका अनुसार कार्यक्रममा सेन्ट्रल हस्पिटलका हार्डजोर्नी रोग विशेषज्ञ डा। सुशील थापा र फिजिसियन डा। नवराज अधिकारीले स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।
स्थानीय ९७ वर्षिया पवित्रा देवकोटाको स्वास्थ्य परीक्षण गरी कार्यक्रम शुभारम्भ गरिएको थियो । सो अवसरमा आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरेको हो । यस अघि पनि बैंकले विभिन्न सामाजिक कार्य गर्दै आएको प्रबन्धक पौडेलले जानकारी दिनुभयो । एनएमबी नेपाल राष्ट्र बैंकबाट क वर्गको ईजाजत प्राप्त वाणिज्य बैंक हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ मंसिर २०७६, १७ : ०१
लेखकबाट थप