काठमाडौँ । ठूलो रकमसहित अवैध हुण्डी कारोवार गरेको आरोपमा प्रहरीले काठमाडौँको कुलेश्वरबाट भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत बेतिया घर भएका सत्यनारायण प्रसाद रहेको महानगरीय प्रहरीवृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिनुभयो ।
उहाँका अनुसार उनको कोठामा छापा मार्दा रु ३६ लाख नगद, साट्न राखेको रु ३७ लाख पाँच हजारको चेक र एक लाख १९ हजार भारतीय रुपैयाँ बरामद गरिएको थियो । पैसा र चेकसहित उनलाई थप कारवाहीका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०१ मंसिर २०७६, २१ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
मापसे गरेर एक जनालाई जिउँदै जलाउन खोज्ने चार युवा पक्राउ
म्याग्दीका जिल्ला समन्वय समिति प्रमुख पक्राउ
हुन्डीको १६ लाख बढी नगदसहित २ जना पक्राउ
युएई पठाइदिन्छु भनी ठगी गर्ने एकजना पक्राउ
पर्सामा दुई महिलाको उद्धार, बेचबिखन आरोपमा चार पक्राउ