काठमाडौं । आगामी मङ्सिर १४ गते कास्की निर्वाचन क्षेत्र नं २ मा हुने संसदीय उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट प्रत्यासी विद्या भट्टराई अधिकारीले समृद्ध देशका लागि उद्यमशील युवा बनाउनुपर्ने बताउनुभएको छ ।
उहाँले समृद्ध नेपाल निर्माणका लागि एक आधारशीला वर्तमान सरकारको लक्ष्य भएको हुँदा सो प्राप्तिका लागि युवालाई उद्यमशील बनाउन र उत्पादनमुखी काममा सरिक बनाउन आफूले विशेष जोड दिने बताउनुभयो । उहाँले कम्युनिष्टहरू अग्रगामी हुने हुँदा समाज र राष्ट्रलाई अगाडि बढाउन कम्युनिष्ट पार्टीका प्रतिनिधिले जनचाहनाको उच्च कदर गर्दै आफ्ना कार्य सो कुरामा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।
निर्वाचन क्षेत्रअन्तर्गत पोखरा महानगरपालिका–४ का जनतासँग प्रत्यक्ष भेटपश्चात् आयोजित कोणसभालाई आज सम्बोधन गर्दै उहाँले विगतको निर्वाचनमा पार्टीले वाचा गरेका प्रतिबद्धता र जनताका आकांक्षा आफ्नो निर्वाचनको केन्द्रबिन्दु रहेकाले सोहीअनुसार आफू अघि बढ्ने बताउनुभयो । जनसहभागिता बिना राजनीतिक भूमिका विस्तार हुन नसक्ने र प्रभावकारी राजनीतिक भूमिका बिना सभ्य र विकसित समाजको निर्माण हुन नसक्ने उल्लेख गर्दै उहाँले सबै जनता राजनीतिकरूपमा सचेत भएर जन प्रतिनिधिलाई निरन्तर खबरदारी गर्न आग्रह गर्नुभयो ।
यसअघि भट्टराईले आज बिहान सो वडाको नालाको मुखस्थित नेपाली राजनीतिका लौहपुरुष स्व गणेशमान सिंहको शालिकमा माल्यार्पण गरी उक्त वडाका जनतासँग भेटघाट शुरू गर्नुभएको हो । सयौँ नेता, कार्यकर्ताका साथमा जनसाक्षात्कार गर्नुभएका उम्मेदवार भट्टराईलाई सो वडाका बासिन्दाले यस निर्वाचनमा दोब्बर मतले निर्वाचित गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २५ कार्तिक २०७६, १९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्न आवश्यक : शिक्षामन्त्री भट्टराई
विश्वविद्यालयमा बन्द, हडताल, तालाबन्दी र गुण्डागर्दी स्वीकार्य छैन : शिक्षामन्त्री भट्टराई
त्रिविको जग्गा छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वयन हुन्छ: मन्त्री भट्टराई
तिलगंगा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक छ: शिक्षामन्त्री भट्टराई
शिक्षामन्त्री भट्टराईद्वारा १०० दिने उपलब्धी सार्वजनिक
रोजगारीको अवसर नहुँदा युवाहरु पढ्न देश बाहिर जान थाले: शिक्षामन्त्री भट्टराई