काठमाडौं । नेपाली कांगेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका विभिन्न कार्यक्रममा सहभागि हुनका लागि प्रदेश नम्बर एकका विभिन्न जिल्लाको भ्रमणमा निस्कनु हुने भएको छ ।
वरिष्ठ नेता पौडेल कार्तिक २६ गते मंगलवार मकवानपुरको हेटौडामा हुने पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रदेश नम्बर ३ स्तरिय प्रशिक्षण कार्यक्रममा सहभागि हुनुहुनेछ । सो कार्यक्रम पश्चात पौडेलले सडकमार्ग हुँदै झापा प्रस्थान गर्ने कार्यक्रम रहेको उहाँका नीजि सचिव चिरिन्जीवी अधिकारीले जानकारी दिनुभयो । कार्तिक २७ गते पौडेल बाराको निजगढ र सिरहाको लाहानमा हुने कार्यक्रममा सहभागि हुनुहुनेछ ।
पौडेलको प्रदेश नम्बर १ का जिल्लाहरुको भ्रमण सुरु झापाबाट गर्ने कार्यक्रम छ । उहाँले कार्तिक २८ गते नेपाली कांग्रेस झापा जिल्ला कार्यसमितिको आयोजनामा हुने बृहद कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । कार्तिक २९ गते पौडेलले झापाबाट इलामका लागि प्रस्थान गर्ने र इलाममा हुने आमसभालाई सम्बोधन गर्नुहुनेछ ।
त्यसैगरि कार्तिक ३० गते इलामवाट पाँचथर प्रस्थान गर्ने र पाँचथरको फाल्गुनान्द गाउँपालिकाको चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै मंसीर १ गते पाँचथरवाट ताप्लेजुङ्ग प्रस्थान गर्ने र नेपाली कांग्रेस ताप्लेजुङ्गले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्ने बताइएको छ ।
२०७६ कार्तिक २८ गते
नेपाली कांग्रेस जिल्ला कार्यसमिति झापाको आयेजनामा हुने वृहत कार्यक्रता भेलालाई सम्वोधन गर्नुहुने ।
२०७६ कार्तिक २९ गते
झापा वाट ईलाम प्रस्थान नेपाली कांग्रेस इलामको आयोजनामा हुने आम सभालाई सम्वोधन गर्नुहुने ।
२०७६ कार्तिक ३० गते
इलामवाट पाँचथर प्रस्थान पाँचथर को फाल्गुनान्द गाउँपालिकाको चुनावी सभालाई सम्वोधन गर्नुहुने ।
२०७६ मंसीर १ गते
पाँचथर वाट ताप्लेजुङ्ग प्रस्थान नेपाली कांग्रेस ताप्लेजुङ्गले आयोजना गरेको वृहत कार्यक्रता भेलालाई सम्वोधन ।
२०७६ मंसीर २ गते
ताप्लेजुङ्ग वाट काठमाण्डौं फर्कनुहुने कार्यक्रम रहेको छ । थप कार्यक्रम भएमा सम्वन्धीत स्थानवाट नै जानकारी गराइनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ कार्तिक २०७६, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिद्वारा ढुंगानाका परिवारप्रति समवेदना
राष्ट्रपति पौडेल स्वदेश फिर्ता (तस्बिरहरू)
जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृत रुपमा सम्बोधन गर्न राष्ट्रपति पाैडेलले गराए विश्व समुदायको ध्यानाकर्षण
राष्ट्रपति अजरबैजानको बाकुमा
उपराष्ट्रपति यादवले पाए कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान