भृकुटीमा शुक्रबारदेखि स्काउट क्याम्पोरी

विहीबार, २१ कार्तिक २०७६, १७ : ५७
भृकुटीमा शुक्रबारदेखि स्काउट क्याम्पोरी

चितवन । भरतपुर महानगरपालिका वडा नम्वर ३ नारायणगढमा रहेको भृकुटी वोर्डीङ् स्कुलको आयोजनामा शुक्रबारदेखि तीन दिनसम्म भृकुटी नमुना स्काउट क्याम्पोरी २०७६ हुने भएको छ । नेपाल स्काउट चितवनको संरक्षकत्वमा जिल्लामा चौथोपटक क्याम्पोरी हुन लागेको हो ।

कार्यक्रम संयोजक रामु पाण्डेका अनुसार क्याम्पोरीमा चितवनसहित १४ जिल्लाका ८ सय जना विद्यार्थी र २ सय जना रोवर, रेन्जर र शिक्षक सहभागि हुने कार्यक्रम रहेको छ । क्याम्पोरीका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको उहाँले जानकारी दिनुभयो ।

स्कुलका प्रिन्सिपल रामजी पाण्डेका अुसार क्याम्पोरीमा साहासी, मनोरन्जनात्मक र वौद्धिक तालिमसहित विभिन्न गतिविधिहरु गराईने छ । युवालाई दुव्र्यसनबाट रोक्ने र रचनात्मक कृयाकलापमा सहभागि गराउने उद्देश्यका साथ क्याम्पोरी गर्न लागिएको हो । ११ वर्षदेखि १६ वर्ष सम्मका विद्यार्थीलाई स्काउट भनिन्छ भने १६ वर्षदेखि २५ वर्ष सम्मका युवालाई रोवर र युवतिलाई रेन्जर भनिन्छ ।

स्कुलका सहायक प्रिन्सीपल होमनाथ न्यौपानेका अनुसार शुक्रवबार फ्याग होस्टिङ् गर्ने कार्यक्रम रहेको छ भने शनिवार साँझ ५ बजे ग्रयाण्ड क्यामफायर सहित उद्घाटन गर्ने कार्यक्रम रहेको छ । न्यौपानेले गएको शैक्षिक सत्रमा एसईई परिक्षामा निकै राम्रो नतिजा पाएकै वर्ष भव्य कार्यक्रम गर्ने अवसर विद्यालयले प्राप्त गरेकोमा विद्यार्थीहरु उत्साहित भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस