घोडाघोडी । बसको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट नेपालगञ्जका लागि छुटेको भे १ ख १७३२ नम्बरको यात्रुवाहक बसले पूर्वपश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिका–१० पहलमानुरमा से ३ प ६३७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । साथै दुर्घटनामा परी एक जना घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा घोडाघोडी –१० पहलमानपुरका रामबहादुर चौधरी रहेका इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक हरिशरण भट्टले बताउनुभयो । त्यस्तै दुर्घटनामा परी घाइते भएका सोही ठाउँका मानबहादुर चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
तनहुँमा ग्याँस बुलेट पल्टिँदा चालकको मृत्यु
गुल्मीमा ट्याक्टर दुर्घटना : सहचालकको मृत्यु, चालक फरार
भारतमा भएको दुर्घटनामा ५ नेपालीको मृत्यु (नामावलीसहित)
अमेरिकामा अर्को विमान दुर्घटना
पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु, २ घाइते
भक्तपुरमा भएको दुर्घटनामा २३ वर्षीया युवतीको मृत्यु