काठमाडौँ । कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उम्मेदवार स्वर्गीय नेता रवीन्द्र अधिकारीकी पत्नी हुने भएकी छिन् । शनिबार बसेको नेकपा सचिवालय बैठकले विद्याको नाम टुंगो लगाएको हो ।
नेकपा गण्डकी प्रदेशले स्वर्गीय नेता रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएकोमा शनिबार बसेको नेकपा सचिवालय बैठकले विद्यालाई नै टिकट टिने निर्णय गरेको हो ।
प्रदेशले भट्टराईसहित नेताहरु सोमनाथ प्यासी र राजकाजी गुरुङको नाम पनि केन्द्रमा पठाएको थियो । तर नेकपाले विद्याकै नाममा सहमति जुटाएको हो ।
नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले शनिबार बसेको सचिवालय बैठक विद्याको नाम टुंगो लगाएको आफूहरुलाई जानकारी गराइएको बताए ।
उनले उम्मेदवारको टुंगो लागिसकेको भएपनि औपचारिक घोषणा भने आइतबारको सचिवालय बैठकपछि गरिने तय भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ कार्तिक २०७६, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'शिक्षकलाई देशभर खटाउन आवश्यक’ : शिक्षामन्त्री भट्टराई
एचपिभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री भट्टराई
शिक्षकहरूलाई शिक्षामन्त्रीको आग्रह - आन्दोलन होइन कक्षामा जानुस्
विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्न आवश्यक : शिक्षामन्त्री भट्टराई
विश्वविद्यालयमा बन्द, हडताल, तालाबन्दी र गुण्डागर्दी स्वीकार्य छैन : शिक्षामन्त्री भट्टराई
त्रिविको जग्गा छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वयन हुन्छ: मन्त्री भट्टराई