भद्रपुर । झापाको बुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर आज बिहान मामा र भान्जाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा बुद्धशान्ति–४ का १८ वर्षीय अविनाश राई र उनका मामा भोजपुर निवासी ३५ वर्षीय मनिराम राई रहेका छन् ।
दुवै जनालाई आज बिहान ७ बजे मृतावस्थामा स्थानीय नवज्योति सामुदायिक वनभित्रको एउटा खोल्सीमा भेटिएको प्रहरीले जनाएको छ । माछा मार्न जाने क्रममा दुवै जना विद्युतीय करेन्ट प्रवाह भएको तारमा परेको प्रहरीको भनाइ छ । घटनास्थलमा प्रहरीको टोली पुगिसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रवक्ता श्रेष्ठले बताउनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १६ कार्तिक २०७६, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मकवानपुरमा भिरबाट लडेर एक युवकको मृत्यु
कुटपिटबाट एकजनाको मृत्यु
आफैं चढेको ट्याक्टरले किचेर गोरखाका १८ वर्षीय युवाको मृत्यु
करेन्ट लागेर १ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
सुमो दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु