काठमाडौं । उपत्यकामा रगत अभाव भएपछि बिरामीलाई समस्या भएको छ। रगत अभाव हुँदा दुर्घटना, रक्त श्राव, प्रसूति, मिर्गौला, थालसेमिया, हेमोफिलियाका बिरामीको उपचार प्रभावित भएको छ।
मेडिसिटी अस्पतालमा भर्ना भएका मिर्गौलाका बिरामी राकेशकुमार ठाकुरका आफन्त बुधबार रगतको खोजीमा भौंतारिए। जनकपुरका ठाकुरलाई दुई पिन्ट ओ पोजेटिभ रगत चाहिएको थियो। आफन्त डा. निशान्तले भने, ‘रगतका लागि सबै ठाउँमा सोधपुछ गर्यौं। तत्कालै चाहिने हो भने डोनर (दाता) ल्याउनुस् भनेर फर्काए।’
ठाकुरको हेमोग्लोबिन न्यून भएकाले नियमित डायलाइसिसका लागि रगत आवश्यक परेको हो।
रेडक्रसको केन्द्रीय रक्त सञ्चार केन्द्रले पनि रगत अभाव भएको जनाएको छ। केन्द्रकी निर्देशक डा. मनिता राजकर्णिकारले भनिन्, ‘चाडबाड भएकाले रक्तदान कार्यक्रम हुन सकेन। पर्याप्त रगत संकलन हुन नसकेकाले अभाव भएको हो।’
काठमाडौं, भक्तपुर र ललितपुरमा रगत अभाव देखिएको हो। दैनिक दुई सय ५० पिन्ट रगत माग छ। अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १४ कार्तिक २०७६, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बिरामीलाई निःशुल्क रगत
सुदूरपश्चिमका बिरामीलाई निःशुल्क रगतको सुविधा
पोखरामा रगत अभाव
चितवनमा रगतको अभाव, शल्यक्रियामा समस्या
कैलालीमा रगत अभाव