चितवनमा रगतको अभाव, शल्यक्रियामा समस्या

रासस

शुक्रबार, ०२ कार्तिक २०८१, ११ : ०१
चितवनमा रगतको अभाव, शल्यक्रियामा समस्या

चितवन। चितवनमा रगत अभाव भएको छ । चाडपर्वका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटीले रगत अभाव भएकाले रक्तदान गर्न दाताहरूलाई आग्रह गरेको छ ।

दैनिक दुई सय युनिट रगतको माग हुने गरेको भए पनि अहिले रगत पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको सोसाइटीको चितवन शाखाका सभापति हरिप्रसाद पौडेलले बताए।

चितवनमा रगत अभाव हुन नदिन कास्की, नवलपरासी, मकवानपुर, बारा, पर्सा, रौतहट सर्लाहीलगायत जिल्लाबाट रगत ल्याउने गरिएको भए पनि ती जिल्लामा समेत रगतको अभाव भएको उनले बताए । रगत अभावका कारण नियमित शल्यक्रियामा समेत समस्या हुने गरेको छ ।

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस