विकासका लागि अघि सारेको अभियान सकारात्मक:नेता नेपाल

रासस

सोमबार, ११ कार्तिक २०७६, १९ : ३७
विकासका लागि अघि सारेको अभियान सकारात्मक:नेता नेपाल

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले विकासका लागि अघि सारेको अभियान सकारात्मक रहेको बताउनुभएको छ । 

सूर्यनगर टोल विकास समाजले आज कटुन्जमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले सरकारले जनअपेक्षा अनुसार काम गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । 

वरिष्ठ नेता नेपालले मुलुकको समष्टिगत विकास आजको आवश्यकता भएको बताउँदै सरकारले विकास र समृद्धिमार्फत आर्थिक विकासको दिशामा लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले राज्यका तीनै तहका सरकार समन्वय र सहकार्यका साथ समावेशी र समतामूलक विकासमा लाग्नुपर्नेमा जोड दिदैं  नेताले कुरा भन्दा बढी काम गर्नुपर्ने सन्देश चिनियाँ राष्ट्रपति सी चीनफिङले दिनुभएको बताउनुभयो । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेत, प्रदेशसभा सदस्य राजेन्द्रमान श्रेष्ठ, जिसस प्रमुख नवराज गेलाल, चाँगुनारायणका नगरप्रमुख सोम मिश्र, प्रेस काउन्सिलका सदस्य गोविन्द चौलागाईं लगायतले सबै मिलेर देश विकास गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस