आत्म (म्हः) पूजा गर्नेबारे नेवार समूदायमा विवाद

सोमबार, ११ कार्तिक २०७६, ०९ : ११
आत्म (म्हः) पूजा गर्नेबारे नेवार समूदायमा विवाद

फाइल फोटो

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आजै नेवार समुदायले गर्दै आएको आत्म (म्हः) पूजा गर्नुपर्ने निर्णय गरेको छ । नेवार समुदायका मानिस भने आत्मपूजा आज र भोलि दुई दिन गर्नेमा विभाजित भएका छन् । 

समितिका सदस्य कीर्तिमदन जोशी शास्त्रसम्मत निर्णयअनुसार सोमबार नै आत्मपूजा गर्ने बताउँछन् । विशेषगरी पहाडी जिल्लाका नेवार समुदायले सोमबार आत्मपूजा गरी मङ्गलबार भाइटीका लगाउने तयारी गरेका छन् । 
उपत्यका र बाक्लो नेवारी बस्ती भएका स्थानमा भने नेवार समुदाय म्हःपूजा एवं भाइटीका मनाउन विभाजित भएका छन् । सदस्य जोशी भने धर्म राजनीति भएकाले एकथरि मानिस शास्त्रसम्मत पर्व नमनाउने निर्णयमा पुगेको बताउँछन् । यद्यपि नेवाल समूदायको माग बमोजिम सरकारले कात्तिक १३ गतेलाई पनि विदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस