३३ तोला सुन लिएर भारतिय कामदार फरार

सफल खबर संवाददाता

विहीबार, ०७ कार्तिक २०७६, १७ : ४१
३३ तोला सुन लिएर भारतिय कामदार फरार

पोखरा । ३३ तोला सुन लिएर पोखराबाट एक जना भारतिय कामदार फरार भएका छन् । भारतको कलकत्ता घर भई हाल पोखरा ९ न्युरोडमा काम गर्ने उनी सुन लिएर फरार भएका हुन् । 
अन्दाजजी ३६।३७ वर्ष उमेरका भारतीय रञ्जन राजवंशी सुन लिएर फरार भएको प्रहरीले जनाएको छ । पोखरा ९ न्युरोडको ‘गोरखा एन्ड बराह ज्वेलर्स इन्डस्ट्रिज प्रा।लि।मा काम गर्दै आएका उनी सुन लिएर भागेका हुन् । 
पोखरा ८ सिर्जनाचोकमा रहेको गहना बनाउँने ठाउँमा सुन लिएर गएका उनी बाटोबाटै फरार भएको प्रहरीले जनाएको छ । सुन लिएर फरार हुने राजवंशीको खोजी भई रहेको प्रहरीले जनाएको छ । 
घटनाको विषयमा थप अनुसन्धान भई प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस