भेटघाट तास घरलाई महानगरको कडा निर्देशन, प्रशासनलाई अटेर गर्ने भेटघाटले महानगरलाई टेर्ला त ?

सफल खबर संवाददाता

विहीबार, ०७ कार्तिक २०७६, १७ : ३४
भेटघाट तास घरलाई महानगरको कडा निर्देशन, प्रशासनलाई अटेर गर्ने भेटघाटले महानगरलाई टेर्ला त ?

चितवन । नारायणगढको भेटघाट तास घरलाई भरतपुर महानगरले कार्तिक महिना भित्र बाहिरको किचन हटाउन निर्देशन दिएको छ । महानगरका अनुगमन अधिकारी अनुज घिमिरेको नेतृत्वमा गएको अनुगमन टोलिले बाहिर सडकतिर फर्काएको किचन कार्तिक मसान्तभित्र हटाउन लिखित निर्देशन दिएको हो । भेटघाट तास घरका सञ्चालक गोबिन्द तिवारीलाई कार्यालयले लिखित रुपमा यस्तो निर्देशन दिएको र अटेर गरे कारवाही हुने उहाँ बताउनु हुन्छ । 

विगतमा पनि त्यहाँबाट किचन हटाउन निर्देशन भएको आफूले जानकारी पाएको र पटकपटक निर्देशन दिँदा पनि अटेर गरको भन्ने जानकारी आफूले उपभोक्ता अधिकार संरक्षण मञ्चका तर्फबाट पनि पाएको बताउँदै उहाँले अब अटेर गर्ने छुट नभएको बताउनु भयो ।

यही महिनाभित्र हटाउन आफूले निर्देशन गरेको उहाँ बताउनु हुन्छ । यस अघि केन्द्रीय अनुगमन टोलिका साथै जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलिले पनि त्यहाँबाट किचन हटाउन पत्र नै बुझाएर निर्देशन गरेको उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका वरिष्ठ उपाध्यक्ष विष्णु भुषालले बताउनु भयो । भेटघाटले यस अघिका निर्देशन नमानेको उहाँले बताउनुभयो । यहाँ बाहिरी चुलो भएका कारण यहाँ तास भुटेको गन्ध मुल सडकसम्म पुग्ने गरेको बताउँदै उहाँले यहाँबाट चुलो जसरी पनि हटाउन माग गर्नुभयो ।  आडैमा दुई ठुला मिष्ठान्न भण्डार रहेको र त्यहाँको भेटघाट तास घरको असर पनि ति मिष्ठान्न भण्डारमा खाजा खान जाने साहाकारीलाई समेत पर्ने गरेको छ । त्यस्तै त्यो बाटो हिड्ने सयौं सर्वसाधारणहरुलाई त्यसको गन्धले निकै ठूलो असर गर्ने गरेको सर्वसाधारणहरु बताउँछन् । 

प्रतिक्रिया दिनुहोस