सालकको खपटा र दुर्लभ बन्यजन्तुको छालासहित २ जना पक्राउ

मंगलबार, ०५ कार्तिक २०७६, १५ : ५७
सालकको खपटा र दुर्लभ बन्यजन्तुको छालासहित २ जना पक्राउ

काठमाडौँ । दुर्लभ बन्यजन्तु सालकको खपटा र नाम नखुलेको अन्य दुर्लभ बन्यजन्तुको छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले नुवाकोट किस्पाङ गाउँपालिका–२ घर भइ कपन बस्ने दीपकराज न्यौपाने र गोरखा सिरानचोक गाउँपालिका–६ घर भइ कपन नै बस्ने केशव अर्याललाई ठमेलस्थित नरसिंह चोकबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त लैनचौरका डीएसपी सन्तोषसिंह राठौरले जानकारी दिए । 

उनीहरुको साथबाट नाम खुल्न नसकेको बन्यजन्तुको छाला १ किलो ४०० ग्राम सालकको खपटा फेला परेको राठौरले जानकारी दिए । 
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस