काठमाडौं– प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौंको बौद्धस्थित नयाँबस्तीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीन जनाको साथबाट ५० हजार रुपैयाँ बराबरका नोट बरामद भएको थियो । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार, नक्कली नोट सहित तीन जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुको नाम र विवरण भने सार्वजनिक गरिएको छैन ।
दशैंका समयमा उनीहरुले नक्कली नोटलाई बजारमा पुर्याएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस