तीन दिनका लागि नेपाल–भारत सीमानाका बन्द

रासस

आइतबार, ०३ कार्तिक २०७६, २१ : ०८
तीन दिनका लागि नेपाल–भारत सीमानाका बन्द

फाईल फोटो

काठमाडौं । बाँकेको नेपाल–भारत सीमानाका तीन दिनसम्मका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक विज्ञप्तिमार्पmत आज साँझ ६ः०० बजेदेखि सोमबार साँझ ६ः०० बजेसम्मका लागि सीमानाका बन्द गरिएको सूचना जारी गरेको छ । 

भारत उत्तर प्रदेशको बहराइच जिल्लामा सोमबार हुन लागेको विधान सभाको उपनिर्वाचनका कारण सीमानाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताउनुभयो । उपनिर्वाचनको मतदान सोमबार साँझ ६ः०० बजे सकिएपछि नाका सुचारु हुन जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस