काठमाडौं । आफूमाथि बलात्कार भएको अभियोग लगाउँदै प्रहरीमा किटानी जाहेरी दिएका संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले फेरि अर्को कुरा गरेकी गरेकी छिन् । उनले आफूले प्रहरीमा उजुरी नै नदिएको दाबी गरेकी हुन् ।
शाहीले मनोवैज्ञानिक र मानसिक दबाबमा आफूले प्रहरीमा उजुरी दिएको बताएकी हुनु ।
एक टेलिभिजनसँगको कुराकानीमा शाहीले भनेकी छिन्, ‘असोज १७ गतेको किटानी जाहेरी निवेदन मलाई बाध्य पारेर लेख्न लगाई दर्ता गराइएको हो, असोज १७ गते प्रहरीले तयार पारेको निवेदनको खेस्राको आधारमा मलाई मनोवैज्ञानिक र मानसिक दबाब दिएर तयार पार्न लगाइएको निवेदनका आधारमा मात्रै अनुसन्धान भइरहेको छ।’
शाहीले अकस्मात आफ्नो मानसिक अवस्था बिग्रन जाँदा १००मा फोन गरेको बताएकी छन्। प्रहरी आइसकेपछि प्रहरीले सभामुख महराले हातपात गरेको भनेर तपाईंको फोन आएकाले हामी आएको भनेको बताउँदै शाहीले भनिन्, ‘तर, सोही समयमा खानतलासी गर्दा केही नभेटेपछि प्रहरी फर्किएर जानु भएको रहेछ। प्रहरी गए पश्चात पनि मैले क–कसलाई फोन गरेकी रहेछु र को–कोसँग के–के भने थाहा भएन। पछि होसमा आउँदा विभिन्न मिडियामा मेरो र कृष्णबहादुर महरा सरको नाम जोडी विभिन्न किसिमका लान्छना लगाइएका समाचार प्रसार भइरहेको देखेर म नै अचम्म परेँ।’
यता प्रहरीले भने आजै महरामाथि थप ५ दिनको म्याद थपेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ कार्तिक २०७६, २० : ५४
लेखकबाट थप