चितवन । चितवन मेडिकल कलेजमा तोडफोड गर्ने १२ जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालाले अस्पताल तोडफोडमा संलग्न उनिहरुलाई पक्राउ गरीएको बताए ।
झडपमा परी ५ जना प्रहरी घाईते भएको कोइरालाले बताए । प्रहरीका अनुसार करिव आधा घण्टा भन्दा बढी प्रहरी र आक्रोसित समुहविच अस्पताल परिसरमा दोहोरो झडप भएको थियो । सो क्रममा प्रहरीले दर्जन बढी अश्रुग्यास प्रहार गर्नुपरेको प्रवक्ता कोईरालाले बताए ।
उपचारका क्रममा विरामिको मृत्यु भएपछि आक्रोसित आफन्तले तोडफोड गरेका हुन । नवलपरासी मध्यविन्दु नगरपालिका ९ की ३२ वर्षीय आसा ज्ञवालीको उपचारका क्रममा हिजो मृत्यु भएको थियो । नाकको अप्रेसनमा अस्पताल पुगकी ज्ञवालीको अस्वभाविक मृत्यु भएको भन्दै उनका आफन्तले आज साँझ ५ बजे तोडफोड गरेका हुन ।
घट्नाका विषयमा अस्पताल प्रशासन र मृतकका आफन्तविच छलफल चलिरहेको अवस्थामा अस्पताल बाहिरबाट गएको एक समुहले मुल गेटको सिसा तोडफोड गरेको अस्पतालका निर्देशक डा दयाराम लम्सालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ कार्तिक २०७६, १९ : ३६
लेखकबाट थप