नौविसे–नागढुङ्गा सडकखण्ड विहान १० बजेदेखि बेलुका ४ बजेसम्म एकतर्फी

सफल खबर संवाददाता

शनिबार, ०२ कार्तिक २०७६, १३ : ३४
नौविसे–नागढुङ्गा सडकखण्ड विहान १० बजेदेखि बेलुका ४ बजेसम्म एकतर्फी

काठमाडौं । नौविसे–नागढुङ्गा सडकखण्ड विहान १० बजेदेखि बेलुका ४ बजेसम्म एकतर्फी सञ्चालन हुने भएको छ ।

धादिङ जिल्ला धुनिवेशी न.पा. ९ पिपलामोडभन्दा मुनी भुत घर‚ याक घर र टायलघर सडकखण्डमा कालो पत्रे तथा सडकमर्मत कार्य भईरहेकोले आज शनिबारदेखि एकतर्फी रुपमा सवारी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस