पूर्वयूवराज पारस शाह र युट्युवर सोनिका रोकाको भिडियो भाइरल

सफल खबर संवाददाता

मंगलबार, २८ असोज २०७६, ०९ : १२
पूर्वयूवराज पारस शाह र युट्युवर सोनिका रोकाको भिडियो भाइरल

काठमाडौं । पूर्वयूवराज पारस शाह र युट्युवर सोनिका रोकाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उक्त भिडियोमा पारसले आफ्ना शुभेच्छुकलाई हामी सबै जना नेपाली भएकाले कसैले पनि आफूलाई राजावादी नभन्न आग्रह गरेका छन् ।

मोटरसाइकलमा बसिरहेका पारसले भनेका छन्, ‘यो वादी उ वादी भनेर छुट्याउने हैन सबै नेपाली हौं ।’

त्यसपछि पारस बाइकमा सोनिकालाई बसालेर हुइकिन्छन । सोनिकासँग पारसको निकटतालाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । भिडियोमा पूर्वयुवराज जस्तो व्यक्तिले एउटी उछृङ्खल युवतीसँग हिड्नु शोभनीय नहुने अधिकांशले टिप्पणी गरिएका छन् ।

अश्लील संवादका भिडियो बनाएर चर्चामा आएकी सोनिका पछिल्लो समय पूर्वयुवराज पारससित बारम्बार देखिन थालेकी छिन् । केही समय अघि पनि पारस शाहसँग भएको उनको टिकटक भिडियो सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस