चितवन कांग्रेस उपनिर्वाचनको तयारीमा, धमाधम उम्मेद्धार टुंगो लगाउँदै

सफल खबर संवाददाता

सोमबार, २७ असोज २०७६, १८ : ५३
चितवन कांग्रेस उपनिर्वाचनको तयारीमा, धमाधम उम्मेद्धार टुंगो लगाउँदै

चितवन । नेपाली कांग्रेस चितवनले मंसिर १४ गत्ते हुने उपनिर्वाचनका लागी उम्मेद्धारको टुंगो लगाएको छ । भरतपुर महानगरपालिका १६ को वडा अध्यक्षका लागी अमृत हमालको नाम टुंगो लगाइएको कांग्रेस चितवनका सचिव उत्तम जोसीले बताए । 

यसअघिका वडा अध्यक्ष चतुरमान गुरुङको क्यान्सरका कारण निधन भएको थियो । उनि तत्कालीन नेकपा एमालेबाट वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । यसअघि भएको निर्वाचनमा निकटतम प्रतिद्धन्दीका रुपमा रहेका हमाल थोरै मतान्तरले पराजित भएका थिए । 

यस्तै खैरहनी नगरपालिकाको वडा न ४ र ५ को उम्मेद्धार पनि टुंगो लगाउने अन्तिम प्रयास भईरहेको जोसीले बताए । उनका अनुसार सम्बन्धीत वडा कमिटिले टुंग्याउने तयारी गरीरहेको छ, अबको केहि दिनमा फाईनल नाम सार्वजनिक हुनेछ । 

वडा न ४ का अध्यक्ष नरेन्द्र अधिकारी र वडा न ५ का अध्यक्ष विश्वविजय बस्नेतको सवारी दुर्घट्नामा परी निधन भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस