गोरुले हिर्काउँदा एक वृद्धाको मृत्यु

सोमबार, २७ असोज २०७६, ०९ : ५७
गोरुले हिर्काउँदा एक वृद्धाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका अन्दाजी ७५ वर्षीया चतकली चौधरीको गोरुले सिङ्गले हिर्काउँदा मृत्यु भएको छ । आइतबार साँझ पानी खुवाउन लैजाने क्रममा गोरुले हिर्काउँदा वृद्धा गम्भीररुपमा घाइते भएकी थिइन् । 
तत्कालै उपचारका लागि लैजाने क्रममा वृद्धाको बाटोमै मृत्यु भएको वडाध्यक्ष बहादुर महराले बताउनुभयो । (रासस)
 

प्रतिक्रिया दिनुहोस