काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित एउटा गोदाममा आज आगलागी भएको छ । स्थानीयवासी प्रविण शेर्पाको ‘शेर्पा स्टोर’मा विद्युत् चुहावत भई आगलागी भएको हो ।
आगलागीबाट स्टोरका सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक मिमबहादुर लामाले जानकारी दिनुभयो । क्षतिको विवरण सङ्कलन भइरहेको छ । स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले दमकलको सहयोगमा आगो नियन्त्रमा लिएका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २४ असोज २०७६, १९ : ४४
लेखकबाट थप